संयुक्त राष्ट्रसंघको आव्हानमा डेमोक्रोटिक रिपब्लिक अफ कंगोमा शान्ति स्थापना कार्यको लागि तैनाथ नेपाली सेनाको अदली बदली भएको छ।
युनाइटेड नेसन्स अर्गनाइजेसन स्ट्याबिलाइजेसन मिसन इन डेमोक्रेटिक रिपब्लिक अफ कंगो (मोनुस्को)मा सहभागी नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरु त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रमुख सेनानी प्रेम प्रसाद पौडेलको नेतृत्वमा यूएन चार्टड फ्लाइट (इथोयिन एयरलाइन्स) मार्फत पुस २७ गते काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
उक्त मिसनमा आफ्नो कार्यकाल पुरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको १८८ जना नेपाली शान्ति सैनिकहरुको टोली सेनानी कमल थापाको नेतृत्वमा आजै स्वदेश फर्किएको छ।
हाल मोनुस्को मिसनमा नेपाली सेनाका ११५२ जना शान्ति सैनिकहरू कार्यरत छन्।
Shares

प्रतिक्रिया