ad ad

समाज


बाराबाट १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

बाराबाट १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

नेपालखबर
पुस १२, २०८० बिहिबार ५:१९, बारा

अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।  

विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाटै बरामद गरेको हो। 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको  प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैँया मूल्य बराबरको सामान जफत गरेको छ। 

चौधरीले सस्तोमा आफ्नो घरबाटै मोबाइल बिक्रीवितरण गर्दै  आएका थिए। उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .