ad ad

समाज


मौसम पूर्वानुमान : ३ वटा प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने

मौसम पूर्वानुमान : ३ वटा प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने

नेपालखबर
पुस १०, २०८० मंगलबार ६:२७, काठमाडौँ

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। 

यतिबेला देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तर, वर्षा र हिमपातको सम्भावना भने कतै पनि छैन।

तराईका थोरै स्थानमा यतबिेला हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो पनि सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने छ। 

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ।  

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक उपाय अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .