अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसको प्रभावले यतिबेला देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ।
आज (मंगलबार) दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ। बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पाँचवटा प्रदेशमा मौसम बदली भएपनि कतै वर्षा र हिमपात हुने सम्भावना भने छैन।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीकै अवस्था रहनेछ।
यतिबेला देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक सतर्कता महाशाखाले सबैमा अनुरोध गरेको छ।
66
Shares
प्रतिक्रिया