मध्यपहाडी राजमार्ग केन्द्रित यात्राको क्रममा रहेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीको नयाँपुलमा बेहुला–बेहुलीलाई आर्शीवाद र बधाई दिएका छन्।
झुलाघाट–चिवाभन्ज्याङ यात्राको क्रममा बिहीबार कास्की बागलुङ–पर्वत हुँदै कास्की पसेका ओलीले अन्नपूर्ण गाउँपालिका ५,नयाँपुलमा बाटोनेरको घरमा पसेर नवविवाहित दम्पत्तिलाई आर्शीर्वाद दिएका हुन्।
नयाँपुलका सञ्जय केसी र संगीता केसीको बिहीबार नै विवाह हुँदै थियो। उनले दुवैलाई माला लगाएर शुभकामना दिएका थिए।
एमाले अध्यक्ष ओलीको बिहीबारको बास पोखरामा हुनेछ।
138
Shares

प्रतिक्रिया