समाज


सर्लाहीको नवलपुरमा गोली चल्यो

सर्लाहीको नवलपुरमा गोली चल्यो

नेपालखबर
असार १४, २०७६ शनिबार १२:९,

सर्लाहीको नवलपुरमा गोली चलेको छ।

शनिबार दिउँसो साढे १२ बजे मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागेर स्थानीय ३० वर्षीय जयनाथ महतो घाइते भएका छन्।  लालबन्दी नगरपालिका १ नवलपुरमा महतोमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाही डीएसपी प्रतीतसिंह राठौरका अनुसार ब्रम्हस्थान मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा मोटरसाइल चढेर आएका दुई व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए।

गोली महतोको दाहिने हातमा लागेको र उनको स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको डीएसपी राठौरले जानकारी दिए। उनको अवस्था खतरामुक्त रहेको छ।

गोली प्रहारपछि ती व्यक्तिहरु जंगलतर्फ भागेको र उनीहरुको खोजीकार्य भइरहेको डीएसपी राठौरले बताए। उनले प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको भन्दै दोषीलाई छिट्टै पक्राउ गर्ने विश्वास दिलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .