ad ad

समाज


नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु

नेपालखबर
भदौ २१, २०८० बिहिबार १८:४३, काठमाडौँ

दुई दिने पृतनापति समन्वयात्मक बैठक-२०८० जंगी अड्डामा सुरु भएको छ। बैठकमा उद्‍घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरे।

सो अवसरमा मन्त्री खड्काले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले संविधानतः राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्ने गहन जिम्मेवारी प्राप्त नेपाली सेनाले अन्य सुरक्षा निकाय लगायतका सम्बन्धित निकायहरुसँग प्रभावकारी सम्बन्ध कायम गर्दै भावी चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन अत्यन्तै प्रशंसनीय ढंगले गर्दै आईरहेको बताए। उनले नेपाली सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्‍याईरहेको योगदानबाट प्राप्त उपलव्धी र

कार्यक्रममा स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले सदैव वैधानिक सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए। उनले जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारी लगायत आर्थिक, सामाजिक, कुटनीतिक, वातावरणीय, खाद्य, उर्जा, साइबर सुरक्षा एवं अन्य मानव श्रृजित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी नेपाली सेना हरहमेशा तयारी अवस्थामा रहनुपर्ने हुँदा सैनिक अपरेशनहरुमा सकलदर्जाको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप आन्तरिक एवं विदेशी सेनासँग सहकार्य गरी विभिन्न तालिमहरु सञ्चालन भईरहेको समेत उल्लेख गरे।

आज आयोजित पहिलो दिनको कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिहरु लगायत विभिन्‍न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।

समन्वयात्मक बैठकमा सहभागीहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .