ad ad

समाज


राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार १८:४९, काठमाडौँ

भेपमा लुकाएर सुन लुकाएर तस्करी गरेको प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई अदालतले  ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।  

संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद पाएको हो। 

विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करी अनुसन्धानका लागि सीआईबीले राहुललाई बुधबार पक्राउ गरेको थियो।

उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको थियो। प्रहरीले १० दिन समय मागे पनि ५ दिन मिलेको हो।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर सम्पर्क देखिएको थियो।

सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूले २५० भन्दा धेरै पटक फोन सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।

ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहसँग संलग्नता किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

अनुसन्धान प्रतिवेदनमा उनीहरुको संलग्नता खुलेपनि मुद्दामा प्रतिवादी भने बनाइएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .