ad ad

समाज


चुच्चेपाटीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

चुच्चेपाटीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

नेपालखबर
भदौ ९, २०८० शनिबार १८:४७, काठमाडौं

तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ। 

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो।

सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले सेन्टर उद्घाटन गरे।

सेन्टरले आजदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ।

सेन्टरमा मोतियाबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .