ad ad

समाज


तीव्र गतिमा थियो बस, ओभरटेक गरेर खाल्डो छल्न खोज्दा त्रिशूलीमा खस्यो

तीव्र गतिमा थियो बस, ओभरटेक गरेर खाल्डो छल्न खोज्दा त्रिशूलीमा खस्यो

दुर्घटनामा परेको बस। तस्बिर : सशस्त्र प्रहरी


नेपालखबर
भदौ ६, २०८० बुधबार २०:४९, धादिङ

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा वा सडकको खाल्डो छल्न खोज्दा अनियन्त्रित भई त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ। 

बस खसेको स्थानको कुनातर्फ पानीको छाँगो छ। त्यही छाँगोको पानी कटाउने रेलिङबिनाको सानो पुल छ। 

पुल भएनजिकै सडकमा दुई मिटर जति लामो खाल्डो छ। पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे पर्छ। 

प्रहरी उपरीक्षक गौतम भन्छन्, 'कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो। सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ।'

रेलिङबिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रो पटकमा त्रिशूली नदीमा खसेको देखिन्छ। 

काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो। 

दुर्घटनामा दुईजना महिलासहित आठजनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। एक जना बेपत्ता भएको आशङ्कामा खोजीर्य जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .