समाज


अस्पतालभित्रै हथौडाले हानेर डाक्टरकी श्रीमतीको हत्या, छोरा गम्भीर घाइते

अस्पतालभित्रै हथौडाले हानेर डाक्टरकी श्रीमतीको हत्या, छोरा गम्भीर घाइते

नेपालखबर
असार १२, २०७६ बिहिबार ११:२४,

सर्लाही आँखा केन्द्र अस्पतालका मलंगवाका प्रमुख डाक्टर दीपेन्द्र कुमार रजककी श्रीमतीको अस्पतालमै हत्या भएको छ।

बिहीबार दिउँसो डा. रकककी श्रीमती २७ वर्षीया सुप्रिया भारतीलाई सोही अस्पतालका अप्टिकल हेल्फरका रुपमा कार्यरत अमितकुमार बैठाले अस्पतालकै दोस्रो तलामा कारको हथौडाले हानेर हत्या गरेका हुन्। हथौडा प्रहारबाट भारतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहट यमुनामाई घर भई हाल सोही अस्पतालको प्रमुखका रुपमा कार्यरत डाक्टर रजकी श्रीमती भारतीको रौटहट बोधीमाई नगरपालिका घर भइ सोही अस्पतालमा कार्यरत रहेका बैठाले हत्या गरेको र हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

 बैठाले डाक्टरका ४ वर्षीय छोरा दिवसकुमारलाई पनि हथौडाले हानी घाइते बनाएका छन्।

घाइते दिनेशको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज नेशनल अस्पताल लगिएको प्रहरीले जनाएको छ। दिनेशको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट १ किलोमिटरको दूरीमा रहेको प्रहरीले जनाएको छ।

हत्यापछि बैठा फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .