कारोबार


हिमालयन बैंकको ५९ औँ शाखा काठमाडौंको सुकेधारामा

हिमालयन बैंकको ५९ औँ शाखा काठमाडौंको सुकेधारामा

नेपालखबर
असार १२, २०७६ बिहिबार ११:१३,

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका—४, सुकेधारमा बिहीबारदेखि आफ्नो ५९ औँ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

सो शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गरे। सो अवसरमा उनले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दो र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिग सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए। उनले समग्र महानगरबासीको सबृद्धि यात्रामा हिमालयन बैंक सम्बन्धित निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने धारण व्यक्त गरे।
उनले ग्राहकवर्गको बैंक प्रति गहिरो भरोसा रहेको चर्चा गर्दै नेपालमा स्वस्थ्य बैकिङ्ग प्रणालीको विकास र जनतालाई सुलभ तथा स्तरीय सेवा पुर्याउन हिमालयन बैंक कटिबद्ध रहेको बताए।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रयमासको अन्त्यसम्मा रु. १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरी कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु. ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ। बैंकले चालू वर्षको ९ महिनामा रु. २ अर्ब ८६ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ। हाल बैंकको एटिएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ।

उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा भएको थियो। स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि समारोहमा उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .