ad ad

समाज


उपसभामुख राना आज सिंगापुर प्रस्थान गर्दै

उपसभामुख राना आज सिंगापुर प्रस्थान गर्दै

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १९:५५, काठमाडौँ

उपसभामुख इन्दिरा राना आज सिंगापुर प्रस्थान गर्ने भएकी छिन्। सिंगापुरमा हुने पार्लियामेन्ट्रियन वर्कशप अन इन्टरनेशनल ट्रेड–२०२३ मा सहभागी हुन संघीय संसदको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपसभामुख राना आज (शनिबार) सिंगापुर प्रस्थान गर्न लागेकी हुन्। 

संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार शनिबार राति ११ बजे उपसभामुख रानाको नेतृत्वको टोली सिंगापुर प्रस्थान गर्न लागेको हो। 

सिंगावुर एयरलाइन्सको एसजी ४४१ उडानबाट सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको गिरीले बताए। 

प्रतिनिधिसभाका सदस्यहरू अम्मर बहादुर रायमाझी र विनोद कुमार चौधरी पनि सो टोलीमा सहभागी छन्। 

उक्त कार्यशालामा प्रतिनिधिमण्डलले विश्व व्यापार संगठनले काम कसरी गर्छ, विश्व व्यापारका विविध पक्षहरु, Digital Economy and Trade, Small and Developing Countries' Leadership at the WTO जस्ता सत्रहरुमा सहभागिता जनाउनेछ।

औपचारिक भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल २०८० जेठ ४ गते राती २२:१० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .