समाज


घुससहित पक्राउ परेका नासुविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका नासुविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १४:५, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू–सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

उनीहरुविरुद्ध बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

नासु पंडित र कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस, रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा फागुन १८ गते नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad