काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
पोखराको घारीपाटन नजिकै सेती नदीको खोँचमा एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेसँगै केही स्थानीय उद्दारको लागि दौडिए,केहीले सामाजिक सञ्जालमा जल्दै गरेको जहाजको भिडियो पोष्ट गरे।
तस्वीरहरु सामाजिक संजालभर छ्यापछ्याप्ती भए। यहाँसम्म त ठीकै थियो। तर, एकाएक घटनास्थलमा सर्वसाधारणको भीड लाग्यो।
उनीहरुको कारण उद्दारमा कठिनाइ भयो। सेती खोंचबाट निकालिएका शवहरु शवबाहन पुर्याउन गाह्रो भयो। कतिसम्म भने सर्वसाधारणले एम्बुलेन्सलाई बाटो छाडेनन्।
अहिले सामाजिक सञ्जालमा एउटा यस्तै तस्वीर चर्चामा छ। उक्त तस्बिरमा एक युवा जलिरहेको जहाजलाई पार्श्वभागमा राखेर अर्को साथीको हातमा रहेको मोबाइल क्यामेराको लागि पोज दिँदैछन्। सायद उनले टिकटक बनाएको पनि हुनसक्ने अड्कलबाजी गरिएको छ।
सामाजिक सञ्जालमा उनको अमानवीय स्वभावप्रति रोष प्रकट गर्ने जमात पनि ठूलो छ। अधिकारकर्मी सुशन घिमिरेले रोष प्रकट गर्दै लेखेका छ्न्, ‘त्यसलाई भीरबाट खसाल्नुपर्ने।’
यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु (सूची)
-
विमानमा लागेको आगो नियन्त्रणमा, २९ जनाको शव गण्डकी अस्पतालमा लगियो
-
दुर्घटनाअघिको दृश्य : यतिको जहाज आकाशमै अस्वभाविक कोल्टिएर खस्यो (भिडिओ)
-
पोखरामा दुर्घटनाग्रस्त यतिको जहाजमा थिइन् गायिका निरा छन्त्याल
-
दुर्घटनाग्रस्त विमानमा थिए ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती
- ‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’
Shares

प्रतिक्रिया