यो व्यस्त जीवनमा दैनिक ससाना तनाव लिनु राम्रो हो। यसले दिमागलाई जवान राख्छ र बुढेसकाललाई राम्रो तरिकाले बिताउन मद्दत गर्दछ। हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य सार्वजनिक भएको हो।
यसअघि सन् १९९० को दशकमा यस प्रकारको तनावलाई स्वास्थ्यका लागि हानिकारक मानिन्थ्यो तर पहिलो पटक न्युयोर्कको रकफेलर विश्वविद्यालयका अनुसन्धानकर्ता फिरदौस डाभर नामक अमेरिकी मनोचिकित्सकले यस सम्बन्धमा अध्ययन गरेका थिए।
ससाना तनावले प्रतिरक्षा शक्ति बढाउँछ
ससाना तनावले हाम्रो प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्छन्। आधुनिक संसारमा ससाना तनाव हुन धेरै आवश्यक छ। उदाहरणका लागि, एथलिटलाई आगामी दौडको बारेमा केही तनाव हुन सक्छ। यसले मुटु र मांसपेशीलाई बलियो बनाउँछ र कार्यसम्पादनमा सुधार गर्छ। हल्का शारीरिक र मानसिक तनावले रगतमा इन्टरल्युकिन नामक रसायन उत्पादन गर्छ। जसले प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ। यसले संक्रमणसँग लड्न मद्दत गर्छ। एजेन्सी
Shares

प्रतिक्रिया