ad ad

समाज


स्वार्थ बाझिँदा अल्झियो एआईजी बढुवा

स्वार्थ बाझिँदा अल्झियो एआईजी बढुवा

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १९:४७, काठमाडौँ

नेपाल प्रहरीमा ५ महिनादेखि अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त छ। रिक्त एआईजीको संख्या ४ पुगिसक्दा पनि बढुवा हुन सकेको छैन।

गत साउन २० गतेदेखि नै प्रहरीमा एआईजी रिक्त हुन थालेको हो। तत्काल एक जनालाई मात्रै बढुवा नगर्ने भन्दै रोकिएको थियो। तर अहिले चार जना रिक्त भइसक्दा पनि बढुवामा ढिलाइ भइरहेको छ। 

सरकारले निर्वाचनकै समयमा पनि निर्वाचन आयोगबाट सहमति लिएर बढुवा गर्न सक्छ। तर कसलाई बढुवा गर्ने भन्ने विषयमा कुरा नमिल्दा बढुवामा ढिलाई भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवा र गृह सचिव विनोदप्रकाश सिंहको चाहनासँग गृहमन्त्री बालकृष्ण खाँणर प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह सहमत नहुँदा बढुवामा ढिलाइ भएको हो। प्रधानमन्त्री देउवा भावी आईजीपीमा अशोक सिंहलाई बनाउने गरी बढुवा गर्ने तयारीमा छन्। 

प्रधानमन्त्रीको इच्छाअनुसार गृहमन्त्री र प्रहरी महानिरीक्षक अशोक सिंहलाई नै आईजीपी निश्चित गर्ने गरी बढुवा गर्न सहमत छैनन्। सिंहलाई एकलौटी बढुवा गर्ने तयारी गरेपछि उनका प्रतिस्पर्धि पनि उनीहरुलाई रोक्न लागेका छन्। 

प्रधानमन्त्री र गृहसचिवले नलप्रसाद उपाध्याय, मोहन आचार्य, मसाउद आलम खाँ र अशोक सिंहलाई एआईजी बनाउन जोड गरिरहेका छन्। 

सिंहबाहेक तीन डीआईजी आईजीपी धिरजप्रताप सिंहकै ब्याचि हुन्। उनीहरु पनि सिंहसँगै आगामी चैतमा अनिवार्य अवकासमा जानेछन्। 

त्यसपछि एआईजीमा अशोक सिंह मात्रै रहनेछन्। उनलाई निर्विकल्प आईजीपी बनाउन प्रधानमन्त्री र गृहसचिवले अहिले पछिल्लो ब्याचबाट उनलाई मात्रै बढुवा गर्न चाहेका हुन्। 

डीआईजी वरीयतामा भने पूर्व तीन एआईजीपछि वसन्त कुँवर, टेकप्रसाद राई र अशोक सिंह क्रमशः छन्। त्यसपछि दीपक थापा र श्याम ज्ञावाली छन्। 

गृहमन्त्री र आईजीपी भने पछिल्लो ब्याचबाटै चार जनालाई बढुवा गर्नु पर्ने पक्षमा छन्। त्यसो हुँदा वशन्त कुंवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा बढुवा हुनेछन्। 

तर सत्ताभित्रै कुरा मिल्न नसक्दा ढिलाइभइरहेको छ। एआईजी विश्वराज पोखरेल साउन २० गते, मुकुन्दराज आचार्य भदौ २३ गते, कात्तिक १५ गते अरुणकुमार बीसी र २५ गते रवीन्द्रबहादुर धानुक अवकास भएका थिए। उनीहरु चारैजना उमेर हदका कारण अनिवार्य अवकास भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .