ad ad

समाज


चार वर्षका बालकलाई अजिंगरले घिसार्दै लगेपछि...

चार वर्षका बालकलाई अजिंगरले घिसार्दै लगेपछि...

नेपालखबर
पुस ५, २०७६ शनिबार ६:२४,

तर ती बालकका पिताले समयमै उक्त घटना देखेपछि बालकको ज्यान जोगिएको छ।

बालक क्लिफफोर्ड थम्पसनका पिता इभान थम्पसनले भर्खरैमात्र क्युन्सल्याण्डको एयरली बिचमा नयाँ घर किनेका हुन्।

गतहप्ता उक्त घरमा खेलिरहेका क्लिफफोर्डलाई अजिंगरले आक्रमण गरेर खुट्टामा टोकेर घिसार्दै लाने प्रयास गरिरहँदा इभानले अजिंगरलाई आक्रमण गरेर मारेपछि बालकको ज्यान जोगिएको हो।

‘त्यसबेला हामीसँग परिवारका अन्य केटाकेटीहरु पनि थिए। ६ जना केटाकेटीहरु स्वीमिङ पुलमा पौडी खेलिरहेका थिए। मैले उनीहरुमा नजर राखिरहेको थिए।’ इभानले डेली मेललाई भने,‘अचानक पछाडिबाट मेरो छोरा कराएको आवाज सुनेँ। त्यसपछी हतार हतार त्यहाँ जाँदा अजिंगरले उसको खुट्टामा टोकेर घिसार्दै लान खोजेको देखे।’

Clifford was rushed to Mackay Hospital where he remained overnight (pictured with his father Evan Thompson)

उनी भन्छन्,‘यदी म समयमै त्यहाँ नपुगेको भए छोराको मृत्यु हुनेथियो।’

त्यसपछि इभानले अजिंगरको शिरमा मुक्काले हिर्काएको बताए। मुक्काले हिर्काएपछि अजिंगरले बालकको खुट्टा टोक्न छाडेको थियो।

आक्रोशमा आएर आफूले अजिंगरलाई ठूलो हम्मरले हिर्काएर मारेको उनले बताए।

The scrub python that tried to drag Mr Thompson's son of the deck in his backyard on Thursday

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .