समाज


प्रहरी निरीक्षक सञ्जय बुचा प्रदेश १ कै उत्कृष्ट प्रहरी

प्रहरी निरीक्षक सञ्जय बुचा प्रदेश १ कै उत्कृष्ट प्रहरी

प्रहरी निरीक्षक सञ्जय बुचा


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १५:५७, धरान

नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक सञ्जय बुचा प्रदेश १ कै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका छन्।

६७औँ प्रहरी दिवसका अवसरमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा आयोजित समारोहका निरीक्षक बुचालाई प्रदेश १ उत्कृष्ट प्रहरी अवार्डबाट सम्मान गरिएको हो।

प्रहरी दिवसको अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बुचालाई सम्मान गरे।

प्रदेशमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेको तथा गत स्थानीय निर्वाचनमा जोखिमपूर्ण ठाउँमा नेतृत्वदायी भूमिका निर्वाह गरेर नेपाल प्रहरीको छवी उच्च बनाउन सफल भएकोमा निरीक्षक बुचा सम्मानित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .