ad ad

समाज


थापाथलीबाट ठेला खोसिएकी शर्मिला भन्छिन्– रोजगारी दिनुपर्ने ठाउँमा उल्टै उठिबास लगाउने?

थापाथलीबाट ठेला खोसिएकी शर्मिला भन्छिन्– रोजगारी दिनुपर्ने ठाउँमा उल्टै उठिबास लगाउने?

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार ९:३, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले आफूहरु देशको नागरिक हो कि होइनौं? भन्ने प्रश्न गर्दै विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन्। उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतवानी दिएका हुन्।

केही दिनअघि थापाथलिबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महागरले अमानवीय व्यवहार गरेको बताइन्। राजधानीमा बुधबार भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले भनिन्, ‘के हामी यो देशका नगरिक होइनौं र? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठिबास लगाउने?’

आफूले रोई कराई गर्दा पनि महानगरले मेयर शाहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको बताइन्। थापाथलीस्थित प्रसुति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजरा चलाउँदै आएकी थिइन्।

त्यसैगरी हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ताचप्पल बेच्ने विमला चौलागाईले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुडेर लगेको बताइन्। रामेछाप मन्थली घर भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कस्लाई भन्ने भन्दै भावुक भइन्।

गाउँको जग्गा जमिन बाँजो राखेर किना फुटपाथमा व्यवसाय गर्नु भन्ने तर्क गर्ने मान्छेहरुलाई उनले प्रश्न गर्दै भनिन्, ‘गाउँघरमा हामीले व्यापार व्यवसाय वा जमिनमा खेती गर्ने वातावरण चाहिँ खोई त?’

नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले विना बिकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र साहले गरिब तथा स्वोरोजगार नागरिकलाई अमानविय व्यवहार गरेको भन्दै उनी विरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष समेत गरे।

उनले फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरुलाई कुनैपनि विकल्प बिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यी प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोषित भएको बताएका छन्।

अध्यक्ष थापाले नेपलको श्रम बजारमा औपचारिक ३५ लाख तथा अनौपचारिक २५ देखि ३० लाख श्रमिकहरु क्रियाशिल रहेको र विगतदेखि वर्तमानका ठूलाठूला परिवर्तनमा उनिहरुको अहम भूमिका रहेपनि हरेक पल्ट सशकहरुले उनीहरुलाई नै पेल्ने गरेकोले फेरी पनि बिद्रोहमा जान बाध्यता आउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .