समाज


पर्यटन मन्त्रालयका उपसचिव र बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा

पर्यटन मन्त्रालयका उपसचिव र बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असोज २, २०७९ आइतबार १४:४०, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल र बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। 

आइतबार दुवै जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उपसचिव नेपाललाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौं आरन्य होटलबाट पक्राउ गरेको अख्तियारले जनाएको छ। 

अख्तियारका अनुअसार उनको गाडी खानतलासी गर्दा श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ। 

नेपालले प्याराग्लाइडिङ सञ्चालन गर्न लाइसेन्स दिँन ६ लाख रुपैयाँ घुस लिएकोले आरोप पत्र दायर गरेको अख्तियारले जानकारी दिएको छ।

उनले बीबी एयरवेजको इजाजत नवीकरण गर्न हरिभक्त श्रेष्ठसँग नेपालले १६ लाख ५० हजार रुपैयाँ लिएको खुलेपछि श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको हो। उक्त बरामद रकम जफत गर्न पनि अख्तियारको माग छ। 

श्रेष्ठले रकम दिएर उपसचिव नेपाललाई लाभ पु¥याउने कार्य गरेकाले उनलाई पनि सजाय गर्न अख्तियारले माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .