समाज


पत्रकारको निः शुल्क डेङ्गु परिक्षण हुने

पत्रकारको निः शुल्क डेङ्गु परिक्षण हुने

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ९:१९, काठमाडौँ

काठमाडौं उपत्यकाका तीन जिल्लाका पत्रकारको डेङ्गु परीक्षण निः शुल्क हुने भएको छ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष सुर्य सुबेदीले काठमाडौं उपत्यकामा रहेका सम्पुर्ण  महासंघ सदस्यहरुलाई  महाराजगन्जमा रहेको मेदान्त पोलिक्लिनिकबाट कुनै शुल्क नलिइ परीक्षण गर्ने सम्झौता भएको बताए। बिहीबार  मेदान्त पोलिक्लिनिकका म्यानेजर शुशिला कार्की र महासंघ अध्यक्ष सुवेदीबिच सो विषयमा सहमति भएको हो।

‘पत्रकारहरू जुनसुकै परिस्थितिमा पनि पहिलो घेरामा हुनुपर्छ,’ सुवेदीले भने, ‘महामारीको बेला जोखिममा पर्ने पत्रकारको सुरक्षा गर्ने हाम्रै दायित्व हो।’

पछिल्लो दिन ललितपुरमा डेङ्गु समुदायस्तरमा फैलिएको छ। काठमाडौंमा पनि जोखिम बढेको छ। धेरै पत्रकार डेङ्गु संक्रमणमा छन्।

तर डेङ्गुको उपचार र परीक्षणमा मन लाग्दो शुल्क लिएपछी  निशुल्क गर्न पहल भएको हो।

म्यानेजर शुशिला कार्कीले सामाजिक उत्तर दायित्व अन्तर्गत अग्रभागमा खटिने  पत्रकार साथीहरूलाई निशुल्क परीक्षण गर्न तयार भएको बताइन्।

कस्ता पत्रकारले पाउछन् यो सुबिधा?
शाखा अध्यक्ष सुवेदीका अनुसार यो सुबिधा पत्रकार महासंघ  जिल्ला शाखा काठमाडौं ,ललितपुर,भक्तपुरका सदस्य, सम्पुर्ण प्रतिस्ठान  शाखाका सदस्य र सम्पुर्ण  एशोसिएट शाखा सदस्यहरुले पाउनेछन।

परीक्षण गर्न पत्रकार महासंघले जारी गरेको  परिचयपत्र वा पत्रकार महासंघ केन्द्रीय कार्यालय र पत्रकार महासंघ काठमाडौं शाखामध्य एकले गरेको सिफारिस पत्र लिएर जान उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad