ad ad

समाज


मनसुनको न्यून चापीय रेखा दक्षिण सर्‍यो, वर्षा कस्तो होला?

मनसुनको न्यून चापीय रेखा दक्षिण सर्‍यो, वर्षा कस्तो होला?

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार ६:१८, काठमाडौँ

आज देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले (शुक्रबार बिहान) पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद् हीरा भट्टराईले जानकारी दिए। 

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो  मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार पानी पार्ने प्रणाली मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिण (नेपालबाट टाढा) छ।

‘यसो हुँदा वर्षा कम हुन्छ’, मौसमविद् भट्टराईले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘पानी नै पर्दैन भन्ने होइन, एक दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ, ३/४ अगाडिको जस्तो झरी र देशैभर वर्षा हुँदैन, सीमित ठाउँमा मात्र पानी पर्छ।’

मौसमविद् भट्टराईका अनुसार अपराह्नतिर काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .