ad ad

समाज


एकै दिन थपिए ९१५ कोरोना संक्रमित

एकै दिन थपिए ९१५ कोरोना संक्रमित

नेपालखबर
साउन १८, २०७९ बुधबार १७:२४, काठमाडौँ

गएको २४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो। 

६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन्।

यो अवधिमा ३०१ जना निको भएका छन्। बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ। २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .