समाज


विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्य स्थिति बुझ्न प्रचण्ड पुगे अस्पताल

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्य स्थिति बुझ्न प्रचण्ड पुगे अस्पताल

अस्पताल पुगेर विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै प्रचण्ड। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
असार १२, २०७९ आइतबार १२:२७, काठमाडौँ

सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्य अवस्थाप्रति राजनीतिक नेतृत्वले चासो लिएको छ। 

उनी यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन्। लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगन्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए। 

सगरमाथाको शिखर चुम्दा तामाङ १७ वर्ष ६ महिना १५ दिनको मात्र थिए। सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले चासो देखाएका छन्। 

आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी प्रचण्डले तामाङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन्। 

तामाङ लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन्। तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डले चिकित्सकबाट जानकारी लिएको उनको सचिवालयले जनाएको छ। 

अध्यक्ष प्रचण्डले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरे। यस क्रममा उनले देशका लागि तामाङले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .