ad ad

कारोबार


प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा घट्यो (सूची)

प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा घट्यो (सूची)

फाइल तस्बिर


नेपालखबर
असार १२, २०७९ आइतबार ११:५२, काठमाडौँ

प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा समायोजन भएको छ। 

यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो। 

यसअनुसार यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले भाडा घटेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा पनि ७.६८ प्रतिशतले घटेको छ। 

सरकारले शनिबार राति १२ बजेटबाट लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको थियो। योसँगै पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टीतेल १ सय ९२ रुपैयाँ कायम गरिएको छ। इन्धनमा लगाइँदै आएको कटौती गरेपछि मूल्य घटेको हो। 

सोसँगै विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भााडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था हुँदै आएको छ। 

०७८ चैत १७ मा विभागले सार्वजनिक यातायातको भाडा इन्धनको मूल्यलाई आधार मानी समायोजन गर्ने निर्णय गरेको थियो।  

कहाँ कति घट्यो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .