ad ad

समाज


बूढानीलकण्ठको निर्माणाधीन घरमा महिलाको शव, हत्या आशंकामा एकजना पक्राउ

बूढानीलकण्ठको निर्माणाधीन घरमा महिलाको शव, हत्या आशंकामा एकजना पक्राउ

नेपालखबर
असार ९, २०७९ बिहिबार १२:२८, काठमाडौँ

काठमाडौंको बूढानीलकण्ठमा एकजना महिला मृत फेला परेकी छन्।

बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधीन घरमा महिला मृत फेला परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

निर्माणको काम गर्ने ती महिला त्यही नगरपालिका-३ मा बस्दै आएकी ४१ वर्षीया फूलमाया सुनार हुन्। 

बुधबार निर्माणाधिन घरको भुइँ तलामा मृत अवस्थामा फेला परेको एसपी मैनालीले बताए। उनको हत्या भएको आशंका प्रहरीले गरेको छ।

हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। 

शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ। रिपोर्ट आउन बाँकी छ। प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .