समाज


सल्यानमा लामो खडेरी, बाली सुक्न थालेपछि किसान चिन्तित

सल्यानमा लामो खडेरी, बाली सुक्न थालेपछि किसान चिन्तित

फाइल तस्बिर


नेपालखबर
असार ९, २०७९ बिहिबार ८:१२, सल्यान

सल्यान जिल्लामा लामो समयदेखि पानी नपर्दा वर्षेबाली सुक्न थालेको छ। 

खडेरीका कारण मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन्।

खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला पनि सुक्न थालेका  छन्। 

धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् । मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताए। ‘मकैँ गोडमेल गर्ने बेला भएको छ, पानी नपर्दा सुक्न थालेको छ, बोट सुक्ने डरले कतिपयले गोडमेल नै गर्न छोडिसके’, उनले भने, ‘दिनभरको घामले पकैका बोट सुक्न थालेका छन्।’ 

छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउछन्। ‘रोपाइँ गर्ने बेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको पानी पर्ने छाँटकाँट छैन,’ उनले गुनासो गरे। खोलाका मुहानतिर खेत भएका केहीले रोपाई गरे पनि अन्यले आकासे पानी पर्खेर बसेका छन्। 

जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा करिब सात हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती हुन्छ। समयमा पानी नपर्दा यस वर्ष सल्यानमा खाद्यान्न उत्पादनमा कमी आउने हनुमान किसानले गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .