गैरआवासीय नेपाली संघले आज सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई १२,८७,५८०.४८ ९ (बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसा) को चेक हस्तान्तण गरेको छ।
चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गरेका हुन्।
संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराएका थिए।
यसरी नै डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे।
उनले विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनुका साथै राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिए।
कार्यक्रम विभिन्न मुलुकबाट आएका आइसीसी तथा एनसिसीका प्रतिनिधि, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहको सहभागिता रहेको थियो।
Shares
प्रतिक्रिया