ad ad

समाज


टिपरको ठक्करबाट मृत्यु भएकाको शव चार दिनपछि आफन्तले बुझे

टिपरको ठक्करबाट मृत्यु भएकाको शव चार दिनपछि आफन्तले बुझे

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ५:२४, दोलखा

 दोलखामा टिपरको ठक्करबाट मृत्यु भएका एक वृद्धको शव चार दिनपछि आफन्तले बुझेका छन्। 

दोलखाको गौरिशंकर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएका लालबहादुर बिकको शव चार दिनपछि बिहीबार आफन्तले जिम्मा लिएका हुन्।

मृतकका परिवारसँग भएको छलफलबाट टिपर चालकलाई कानुनी कारबाही गरिने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए।

गौरिशंकर–७ मार्वुमा यही जेठ ९ गते ७० वर्षीय विकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। 

टिपरको ठक्करले मृत्यु भएपछि टिपर चालकलाई कारबाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका थिएनन्। टिपर चालक हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .