ad ad

समाज


सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

नेपालखबर
बैशाख २९, २०७९ बिहिबार २२:१, काठमाडौँ

नेपाल प्रहरीले कैलालीमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेको छ। 

स्थानीय तह निर्वाचन, २०७९ मा थप मद्दतका रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमान्डरका रूपमा खटिएका भट्टले नेपाल प्रहरी संगठनको छविमा आँच आउने तथा प्रहरी कर्मचारीलाई असर पु¥याउने कार्य गरेकाले निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी÷दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरीत आचरण व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टी हुन आएको जनाइएको छ। 

प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम उनीमाथि थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम ९५० बमोजिम वैशाख २९ गतेको निर्णयअनुसार तीन महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। रासस   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .