समाज


कोरोनविरुद्ध मोडर्ना खोप हानेका १० विद्यार्थी सिकिस्त, अस्पताल लगियो

कोरोनविरुद्ध मोडर्ना खोप हानेका १० विद्यार्थी सिकिस्त, अस्पताल लगियो

खोप हानेपछि बिरामी विद्यार्थीको उपचार गरिँदै। तस्बिर : नेपालखबर


शैलेन्द्र महतो
चैत ७, २०७८ सोमबार १४:३६, जनकपुरधाम

कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउँदा धनुषामा एउटै विद्यालयका १० जना विद्यार्थी सिकिस्त भएका छन्। 

धनुषाधाम नगरपालिका-७ स्थित मेरीगोल्ड सेकेण्डरी बोर्डिङ्ग स्कुलका १० जना विद्यार्थी सोमबार बिहान सिकिस्त बिरामी भएका हुन्। 

विद्यालयका शिक्षक इन्द्रदीप साहका अनुसार विद्यार्थीहरुलाई आइतबार दिउँसो कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको थियो। 
बिहान १० बजे विद्यालयमा खोप लगाएकामध्ये १४ जना विद्यार्थी एकाएक बेहोस भए। जसमध्ये १० जना बढी सिकिस्त छन्। 

उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ। चारजना स्थानीयस्तरमै उपचार गराएर घर फर्केको शिक्षक साहले बताए। 

१० जना विद्यार्थीमा अत्यधिक टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर बेहोस हुने लक्षण रहेको शिक्षक साहले बताए। 

सिकिस्त विद्यार्थीहरु सबै ६ कक्षामाथिका छन्। विद्यालयका झण्डै तीन सय विद्यार्थीलाई मोडर्ना खोप दिइएको थियो। 

धनुषाधाम नगरपालिका वडा नं. ८ का हेल्थ पोस्टका स्वास्थ्यकर्मी विद्यालय पुगेर विद्यार्थीहरुलाई खोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .