ad ad

समाज


भिरबाट लडेर किशोरीको मृत्यु

भिरबाट लडेर किशोरीको मृत्यु

नेपालखबर
माघ ९, २०७८ आइतबार २०:२३, काठमाडौँ

जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो। भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको र होस नआएर मृत्यु भएको उनले जानकारी दिए।   

स्थानीयवासी धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भिरबाट लडेर रावत बेहोस भएका थिए। उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लिएर उपचार आइसियुमा उपचार भए पनि होस नफर्किएर मृत्यु भएको थियो। किशोरी रावत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .