एकजना प्रहरी अधिकृतलाई खुकुरी प्रहार गर्ने युवक जेल चलान भएका छन्।
गत पुस १० गते काठमाडौं तारकेश्वर नगरपालिका-८ शेषमतीनजिक विवादका क्रममा रामेछापको लिखु गाउँपालिका निवासी शनि तामाङले दोलखाको लामाबगर बस्ने २८ वर्षीय सुवास तामाङलाई खुकुरी हानेका थिए।
तारकेश्वर नगरपालिका जरङ्खु बस्दै आएका २९ वर्षीय तामाङले सुवासलाई खुकुरी हानेर भागेपछि प्रहरीले पछ्याएको थियो।
भागेका शनिलाई महानगरीय प्रहरी बृत्त बालाजु दरबन्दी भई हाल महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायव निरीक्षक पदम अवस्थीलाई पनि खुकुरी हानेका थिए।
तामाङलाई सई अवस्थीले आफू घाइते भएर पनि खुकुरीसहित नियन्त्रणमा लिन सफल भएका थिए।
शनिलाई अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले यही बुधबार शनिलाई पुर्पक्षका लागि थुनामा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
प्रतिक्रिया