चितवनको त्रिशूली नदी किनारमा स्कर्पियो खस्दा सात जना घाइते भएका छन्।
इच्छाकामना गाउँपालिका-६ तीन नम्बर पुल नजिक नारायणगढ-मुग्लिङ सडक खण्डमा पर्ने त्रिशूली नदी किनारमा बा.१३ च.४३६५ नम्बरको स्कर्पियो खसेको हो। स्कार्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै थियो।
शुक्रबार साँझ सडकबाट स्कर्पियो खसेर करिब ६० मिटर तल त्रिशूली किनारमा पुगेको हो।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरु सबैका भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घाइते सबै खतरामुक्त छन्।
18
Shares
प्रतिक्रिया