ad ad

समाज


शिक्षा मन्त्री पौडेललाई होइन, उनकी पत्नीलाई मात्रै कोरोना पुष्टि

शिक्षा मन्त्री पौडेललाई होइन, उनकी पत्नीलाई मात्रै कोरोना पुष्टि

नेपालखबर
पुस २७, २०७८ मंगलबार ८:४५, काठमाडौँ

शिक्षामन्त्री देवेन्द्र पौडललाई कोरोना संक्रमण नदेखिएको उनको सचिवालयले जनाएको छ। 

यसअघि सोमबार मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले मन्त्री पौडेललाई पनि कोरोना संक्रमण भएको जानकारी सञ्चारमाध्यमलाई दिएका थिए। 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पौडेलको पीसीआर परीक्षण रिपोर्ट भने निगेटिभ आएको उनको सचिवालयले जनाएको छ। तर, पौडेलकी पत्नी बलावती शर्मालाई भने संक्रमण पुष्टि भएको छ। 

मन्त्री पौडेलकी पत्नी शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत हुन्। मन्त्री दम्पत्ति नै आइसोलेसनमा रहेको बेला पतिको रिपोर्ट निगेटिभ र पत्नीको पोजिटिभ आएको सचिवालयको भनाई छ।

पौडेल दम्पत्ति  काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भएका थिए। 

माओवादी महाधिवेशनमा सहभागी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिलाई कोरोना पुष्टि भइसकेको छ। 

धेरै नेता र कर्मचारीमा संक्रमण देखिएपछि माओवादी केन्द्रीय कार्यालय विगत एक सातादेखि बन्द छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .