ad ad

समाज


त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ११:४,

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी ओलीले आइतबार डा. बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. बाँस्कोटा, र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको थियो। डा. कोइरालालाई सरकारले आइतबारै मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ।

यसअघि मेडिकल काउन्सिल अध्यक्ष पनि रहिसकेका डा. बाँस्कोटा प्रधानमन्त्रीनिकट मानिन्छन्। त्यसैले उनी उपकुलपति बन्ने अनुमान गरिँदै आएको थियो ।

यससँगै डा. बाँस्कोटा त्रिविको १९ औं उपकुलपति बनेका छन् । नाक, कान, घाँटीविशेषज्ञ बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .