ad ad

समाज


मदिराले मातेका थिए, सामान्य विवादमा थप्पड हान्दा भुइँमा ढलेर मृत्यु

मदिराले मातेका थिए, सामान्य विवादमा थप्पड हान्दा भुइँमा ढलेर मृत्यु

नेपालखबर
असोज २९, २०७८ शुक्रबार ९:१९, काठमाडौँ

चितवनमा सामान्य विवादका क्रममा थप्पड हानेपछि भुइँमा ढलेर एक जनाको मृत्यु भएको छ।

विवादका क्रममा थप्पड हानिएपछि भुइँमा ढलेर मृत्यु हुनेमा भरतपुर महानगरपालिका-४ रामघाट निवासी भीमबहादुर विश्वकर्मा छन्।

रामघाटस्थित दुर्गा चोकमा मदिरा पिएका विकलाई त्यही ठाउँका दिलिप श्रेष्ठले सामान्य विवादमा थप्पड हानेका थिए।

त्यसपछि भुइँमा ढलेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार थप्पड हानिएपछि ढलेका उनको उनको टाउकोमा चोट लागेको थियो ।

भुइँमा ढलेर चोट लागेका उनको उपचारका लागि स्थानीयबासीले चितवन मेडिकल कलेज लगेका थिए । 

तर उपचारको क्रममा मृत्यु भएको हो। थप्पड हान्ने श्रेष्ठलाई पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दामा कारबाही थालिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .