ad ad

समाज


मुगु दुर्घटनामा मृत्यु भएका चार जनाको नेपालगञ्जमा सामूहिक दाहसंस्कार

मुगु दुर्घटनामा मृत्यु भएका चार जनाको नेपालगञ्जमा सामूहिक दाहसंस्कार

नेपालखबर
असोज २७, २०७८ बुधबार १६:४८, काठमाडौँ

मुगुको छायाँनाथ रारा नगरपालिकामा भएको बस दुर्घटनामा परी मृत्यु भएका चार जनाको सामुहिक दाहसंस्कार गरिएको छ। 

उपचारका क्रममा बाँकेका छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएका चार जनाको बुधबार नेपालगञ्जमा सामुहिक दाहसंस्कार गरिएको हो। 

मुगुको छायाँनाथ रारा नगरपालिका– १ का १८ वर्षीय चन्द्रप्रकाश भाम, वडानम्बर ७ का १२ वर्षीय आदित्यविक्रम शाह, सोरु गाउँपालिका– ८ का २३ वर्षीय आइतसिंह कामी र र २८ वर्षीय टोपबहादुर विष्टको उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो। 

विष्टको कोहलपुर मेडिकल कलेजमा र अन्य तीन जनाको नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो। 

नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो।
बसमा ४६ जना यात्रु सवार थिए।

दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भइ बस अनियन्त्रित हुँदा पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा परेर ३२ जनाको मृत्यु र १३ जना घाइते भएका थिए।

मृत्यु हुनेमा १८ पुरुष र आठ महिला र दुई नाबालक रहेका छन्। मृतकमध्ये दुई महिला र दुई पुरुषको सनाखत हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .