ad ad

समाज


अपडेट: मुगु बस दुर्घटनाका घाइतेलाई दुई हेलिकोप्टरद्वारा उद्धार

अपडेट: मुगु बस दुर्घटनाका घाइतेलाई दुई हेलिकोप्टरद्वारा उद्धार

नेपालखबर
असोज २६, २०७८ मंगलबार १६:५७, काठमाडौँ

मुगुमा बस दुर्घटनाका घाइतेहरुलाई दुई हेलिकोप्टरबाट उद्धार गरिएको छ। 

नेपालगन्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरेलगत्तै छायाँनाथ रारा नगरपालिका ७ मा भीरबाट मंगलबार खसेको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टका अनुसार दुर्घटनामा परि २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १८ बढी घाइते भएका छन्।

गम्भीर घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको छ। 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिएका छन। 

बसभित्र अझै यात्रु चेपिएको हुनसक्ने घटनास्थलमा रहेका डीआइजी भट्टले जानकारी दिए। 

यता छायानाथ नगरकी उपप्रमुख सुन्तला रोकायाले बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको जानकारी दिइन्।

उनका अनुसार नेपालगञ्जबाट ७० जना यात्रु बोकेर बस गमगढीका लागि छुटेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .