धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार आफैं कार्यरत बसको ढोकाबाट खसेर भोजपुर नगरपालिका ११ का १७ वर्षीय धनबहादुर पाठकको मृत्यु भएको हो।
बुधबार बिहान ११ बजे भोजपुरबाट धरानतर्फ आउँदै गरेको बसको ढोका खोल्ने क्रममा खसेर घाइते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजै बिहान साढे ११ बजे मृत्यु भएको हो।
बस र बस चालक भोजपुर अरुण गाउँपालिका ७ का ३५ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय (पाख्रिवास) ले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
75
Shares
प्रतिक्रिया