ad ad

समाज


आज मौसम : वर्षाको सम्भावना?

आज मौसम : वर्षाको सम्भावना?

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०७८ बिहिबार ६:१०, काठमाडौँ

हाल (बिहीबार बिहान ६ बजे) देशभर मौसम आंशिक (धेरैजसो आकाश खुला, थोरैजसो बादल लागेको) देखि सामान्य (धेरैजसो आकाश बादलले ढोकेको, थोरैजसो खुला)  सम्म बदली छ र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म् बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

मौसमविद्का अनुसार मौसम अनुमान ८० देखि ९० प्रतिशतसम्म मिल्छ। कहिलेकाहीँ वर्षा भनिएको समयभन्दा एक/दुई घण्टा अघि वा पछि हुन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .