अहिले (बुधबार बिहान ९ बजे) कतै पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बागमती र गण्डकी प्रदेशमा मौसम सामान्य बदली छ भने अन्य प्रदेशमा आंशिक बदली छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको धेरैजसो घाम देखिएको थोरै बादल लागेको अवस्था हो भने सामान्य बदली भनेको धेरैजसो आकाश बादलले ढाकेको अवस्था हो।
‘अहिले पानीचाहिँ कतै परेको अवस्था छैन’, मौसमविद् श्रेष्ठले बुधबार बिहान ९ बजेतिर नेपालखबरसँग भने, ‘आज दिनभर नै कतै पानी पर्ने सम्भावना देखिएको छैन। तर साँझपख वा राति काठमाडौंदेखि पश्चिमी क्षेत्रमा वर्षा हुन सक्छ।’
उनका अनुसार काठमाडौंदेखि पूर्वी भेगमा भने आज राति पनि वर्षा हुने सम्भावना देखिएको छैन।
39
Shares
प्रतिक्रिया