रौतहटको देवाही गोनाही नगरपालिकामा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ।
कटहरिया नगरपालिका ६ की १० वर्षीय निशु कुशवाह र बृन्दावन नगरपालिकाका २ की १४ वर्षीय मुस्कान कुमारीको पोखरीमा डुबेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पोखरीमा घुँगी टिप्न जाँदा उनीहरुको पानीमा डुबेका थिए। उनीहरुको घटनास्थ्लमै मृत्यु भएको हो।
बालिकाहरु देवाही गोनाही ७ का वडाध्यक्ष जगरनाथ मुखियाको निर्माणाधीन पोखरीमा घुँगी टिप्न गएका थिए। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले स्थानीयवासीको सहयोगमा बालिकाहरुको शव पोखरीबाट बाहिर निकालिएको जानकारी दिए।
शव पोस्टमार्टका लागि अस्पताल लगिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भैरहेको डिएसपी भण्डारीले बताए।
9
Shares
प्रतिक्रिया