ad ad

समाज


वुहानमा संक्रमित देखिन थालेपछि फेरि पूरै एक करोड जनसंख्याको कोभिड परीक्षण हुने

वुहानमा संक्रमित देखिन थालेपछि फेरि पूरै एक करोड जनसंख्याको कोभिड परीक्षण हुने

(फाइल तस्बिर)


नेपालखबर
साउन १९, २०७८ मंगलबार १७:३९, काठमाडौँ

कोरोना भाइरसको उद्गमस्थल वुहानमा फेरि कोभिड संक्रमितहरु देखिन थालेपछि त्यहाँका पूरै जनसंख्याको कोरोना परीक्षण गरिने भएको छ।

त्यहाँका एक करोड १० लाख जनसंख्याकै पुनः कोरोना परीक्षण हुने बताइएको छ।

एक वर्षभन्दा बढी समयपछि त्यहाँ स्थानीय स्तरबाट कोरोना फैलिएको देखिएपछि त्रास बढेको हो।

यसअघि सन् २०१९ को डिसेम्बर महिनामा पहिलोपटक वुहानमै कोभिड–१९ को पहिलो संक्रमित भेटिएको थियो।

बीबीसीका अनुसार कयौं महिनापछि चीनमा स्थानीय स्तरबाटै कोरोना फैलिन थालेको छ। चीनका अधिकारीले यो विषयलाई गम्भीरताका साथ अनुगमन गरिरहेका छन्। पछिल्लो दश दिनमा त्यहाँ ३ सय संक्रमित देखिएको बताइएको छ।

प्रान्तीय सरकारहरुले लकडाउन लगाउने र कोरोना परीक्षण गराउने फैसलाहरु लिन थालेका छन्।

चिनियाँ विज्ञहरुका अनुसार हाल चीनमा कोरोना पुनः देखिनुमा संक्रामक मानिएको डेल्टा भेरियन्ट कारक हो। त्यहाँ पर्यटन क्षेत्रहरु खुलेका कारण पनि कोरोना देखिएको बताइएको छ।

चीनमा दैनिक ९० भन्दा बढी संक्रमित देखिरहँदा वुहानमा स्थानीयस्तरबाट कोरोना फैलिएको देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .