राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई पद तथा गोपनीयताको शपथ दिलाए। त्यसपछि उपाध्यक्ष पौडेलले नवनियुक्त सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई शपथ खुवाए।
यही मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट योजना उपाध्यक्षमा पौडेलले नियुक्त पाएका हुन्। प्रधानमन्त्री देउवाले अमेरिकामा रहेका शंकर शर्मालाई योजना आयोग उपाध्यक्षका लागि बोलाए पनि पौडेलले बाजी मारे।
राष्ट्रिय योजना आयोगले देशभरका विकास आयोजनाहरुको नीति निर्माणमा सरकारलाई सल्लाह दिन्छ। आयोगको अध्यक्षमा प्रधानमन्त्री रहने गरेका छन्। आयोगमा एक उपाध्यक्षसहित आठजना सदस्य रहन्छन्। आयोगको सदस्य सचिवका रुपमा नेपाल सरकारका सचिव रहने व्यवस्था छ।
Shares
प्रतिक्रिया