मोरङको विराटनगरमा नाटकीय रुपमा एक व्यक्तिको २ लाख २० हजार ठगी भएको छ।
विराटनगर महानगरपालिका ८ का अशोकचोक बस्ने चन्दन कुमार मुखियाले सोही स्थानका राजकुमार रायलाई पैसा दोब्बर पार्ने भन्दै २ लाख २० हजार ठगी गरेका हुन्।
सुरुमा मुखियाले रायको पैसा लिएपछि चोखो पानी ल्याउन भने। त्यसपछि २ वटा गोल्डेन रंगको कागज झिकेर डल्लो पारे।
त्यसपछि २ वटा केमिकल र सिरिन्ज दिई २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्ज हान्नु पैसा दोब्बर हुन्छ भने। तर उनी उक्त २ लाख २० हजार रकम लिई फरार भए।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार दिउँसो नियन्त्रणमा लिएको छ।
उनीविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
18
Shares
प्रतिक्रिया