ad ad

समाज


हिन्दुवादीले बागमतीमा चढाए एक सय लिटर दूध

हिन्दुवादीले बागमतीमा चढाए एक सय लिटर दूध

नेपालखबर
साउन ११, २०७८ सोमबार १२:३६,

नेपालस्थित हिन्दुवादीहरुले पशुपतिनाथस्थित बागमती नदीमा एक सय लिटर दूध चढाएका छन्। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितले गंगा नदीमा दूध चढाएको कुरालाई लिएर विभिन्न टिका टिप्पणी भइरहँदा नेपालका हिन्दुवादीहरुले बागमतीमा एक सय लिटर दूध चढाएका हुन्। 

योगीले गंगा नदीमा दूत चढाएको दृश्यसहितको फोटोलाई लिएर जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितले आलोचनात्मक टिप्पणी गरेपछि त्यसको प्रतिकारमा नेपालका हिन्दुवादी उत्रिएका हुन्। 

बाबुरामले गरिबका छोराछोरी दूध नपाएर छटपटाइरहेका बेला नदीमा पोख्नु गलत भएको बताएका थिए। तर त्यस टिप्पणीको जवाफमा पूर्वमन्त्री उमाशंकर अरगरिया, नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुर र अन्य हिन्दुवादीको उपस्थितिमा बागमतीमा दूध चढाइएको हो। 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .