ad ad

समाज


ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु

ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु

नेपालखबर
असार २७, २०७८ आइतबार ५:२,

ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ। 

भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले जनाएका छन्। 

स्थानीय समय अनुसार शनिबार विहान ७ः१४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प गएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ। 

भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन्। भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्। केही व्यक्तिहरु घाइते भएको हुनसक्ने बताइएको छ। 

भूकम्पका कारण १९ घर भत्किएका छन् । अन्य भौतिक क्षतिको विवरण भने सङ्कलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .