ad ad

समाज


फाइजरले भन्योः पहिलो र दोस्रोपछि तेस्रो डोज खोप लगाउनुपर्छ

फाइजरले भन्योः पहिलो र दोस्रोपछि तेस्रो डोज खोप लगाउनुपर्छ

(फाइल तस्बिर)


नेपालखबर
असार २६, २०७८ शनिबार १८:४९,

अमेरिकी खोप निर्माता कम्पनी फाइजरले पहिलो र दोस्रो डोज खोपपछि तेस्रो डोज खोप लगाउनुपर्ने बताएको छ।

फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर खोप बनाएको हो। 

यसअघि फाइजरको दुई डोज खोप लगाउँदा ९० प्रतिशत भन्दा बढी सुरक्षा प्रदान हुने बताइएको थियो।

यतिबेला यस कम्पनीले अमेरिकी औषधि नियामक संस्थासँग तेस्रो डोज खोप लगाउन अनुमति माग्ने जानकारी दिएकाे छ।

कम्पनीले दुई डोज खोप लगाएको १२ महिना भित्र तेस्रो डोज खोप लगाएकामा नयाँ भेरियन्टबाट बच्न सकिने उल्लेख गरेको छ। एपी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .